विक्रम सम्वत्

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । विक्रम सम्बत प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ । विक्रम सम्बतका बारेमा अनेकौं विवाद पनि प्रस्तुत भइरहेका छन् । विक्रम सम्बत नेपालको आदि सम्बत हो ।

इतिहास

उज्जैन ( भारत) का राजा विक्रमादित्य ले समरक्षण , स्थाप्ना गरेको गरेका हुन् अनि नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो र त्यस भन्दा पहिले नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी , मल्ल काल , सेन वंश का कतिपय शिलालेख हरूमा तथा पृथ्वी नारायण शाह का प्रारम्भिक शिलालेख हरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ । प्रमाणको लागि तल का अनुच्छेद हरू पढे थाहा हुन्छ ।

नेपाल अंग्रेज युद्द् ताका का अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न | पृथ्वी नारायण शाह देखि भीमसेन थापा हुदै कोतपर्व सम्म का अधिकांश कागजात हरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग देख्न सकिन्छ|

विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ । तत्कालीन श्री ५ को सरकार पुरातìव विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा -हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ । त्यस्तै काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ ।

योगी नरहरिनाथले "श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः"भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने पाइन्छ भन्नुभएको छ । पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम सम्बत सुरू भएको मानिन्छ ।

विक्रम सम्बत, शाके सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बत भन्दा ५७ वर्ष जेठो छ । विक्रम सम्बत र नेपाल सम्बतको उठान नेपालमै भएको हो । वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम सम्बतमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन् । नेपाल सम्बत र शक सम्बतहरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ ।

Other Languages
Afrikaans: Vikram Samvat
العربية: بيكرم سامفات
asturianu: Vikram Samvat
беларуская (тарашкевіца)‎: Бікрам Самват
भोजपुरी: विक्रम संवत
brezhoneg: Vikram Samvat
català: Vikram Samvat
Deutsch: Vikram Sambat
Ελληνικά: Βικράμ Σαμβάτ
English: Vikram Samvat
Esperanto: Vikram Samvat
español: Vikram Samvat
euskara: Bikram Samwat
ગુજરાતી: વિક્રમ સંવત
italiano: Vikram Samvat
lietuvių: Vikram samvat
latviešu: Vikram Samvat
македонски: Викрам самват
नेपाल भाषा: विक्रम सम्बत
Nederlands: Vikram Samvat
norsk nynorsk: Vikram Samvat
polski: Samwatsara
português: Vikram Samvat
srpskohrvatski / српскохрватски: Bikram Sambat
Simple English: Vikram Samvat
Basa Sunda: Vikram Samvat
Kiswahili: Vikram Samvat
Türkçe: Vikram Samvat
українська: Вікрам Самват
მარგალური: ვიკრამ-სამვატი