बिलबोर्ड हट १००

बिलबोर्डको लोगो

बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री (भौतिक र डिजिटल), रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ ।

जब नीलसन नामक अमेरिकि मिडिया कम्पनीले सन् १९९९ मा बिक्री भएका सामग्रीहरूलाई पछ्याउन थाल्यो, बिक्रीको लागि साप्ताहिक पछ्याउने अवधिमा सोमबार देखि आइतबारसम्म भएको थियो, तर जुलाई २०१६ मा यो शुक्रबार देखि बिहीबारमा परिवर्तन गरिएको थियो।

यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मङ्गलबार) मा पछ्याउने गरिएको छ।[१] एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।

यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० अोटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, अरिएना ग्रान्डेको "७ रिङस्" बोलको गित रहेको छ।

टिप्पणीहरू

Other Languages
azərbaycanca: Billboard Hot 100
беларуская: Billboard Hot 100
български: Билборд Хот 100
Ελληνικά: Billboard Hot 100
հայերեն: Billboard Hot 100
Bahasa Indonesia: Billboard Hot 100
македонски: Билборд Хот 100
монгол: Billboard Hot 100
Bahasa Melayu: Billboard Hot 100
Nederlands: Billboard Hot 100
polski: Hot 100
português: Billboard Hot 100
русский: Billboard Hot 100
srpskohrvatski / српскохрватски: Billboard Hot 100
Simple English: Billboard Hot 100
slovenčina: Billboard Hot 100
slovenščina: Billboard Hot 100
српски / srpski: Билборд хот 100
українська: Billboard Hot 100
Tiếng Việt: Billboard Hot 100